Saturday, June 01, 2024

-->

हतियार ओसारपसारमा सघाएको भन्दै ५ रुसी नागरिक र संस्थामाथि अमेरिकाको प्रतिबन्ध

युक्रेनमा प्रयोग गर्नका लागि ब्यालेस्टिक मिसाइलसहितका हतियार रसिया र उत्तर कोरियाबीच हस्तान्तरण गर्न सहजीकरण गरेकोमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाले जनाएको छ।

हतियार ओसारपसारमा सघाएको भन्दै ५ रुसी नागरिक र संस्थामाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकाले उत्तर कोरिया र रुसबीच हतियार ओसारपसार गर्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी ट्रेजरी विभागका अनुसार ती पाँच व्यक्तिहरूको सैन्य सामग्री ओसारपसारमा नियन्त्रण गर्ने र उनीहरूको अवैध कारोबार सार्वजनिक गर्ने क्रममा तथ्यहरू खुलेपछि यस्तो निर्णय गरिएको अमेरिकाले जनाएको छ। 

प्रतिबन्धमा पर्ने व्यक्तिमा अलेक्से बुडनेभ र राफेल अनातोलेभिच गजारियन रहेका छन्। यस्तै, ट्रान्स क्यापिटल लिमिटेड कम्पनी, राफोर्ट लिमिटेड कम्पनी र टेक्नोलोजिया कम्पनी पनि प्रतिबन्धमा परेका छन्।

उनीहरूले दुई देशबीच हतियार स्थानान्तरणमा सहजीकरण गरेको प्रमाण फैला परेको विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले जनाएको छ। 

अमेरिकाले रुसको युद्धलाई सक्षम बनाउन हतियार र अन्य सामग्रीको ढुवानीमा सहयोग गर्न खोज्नेलाई जबाफदेही बनाउन कारबाही जारी राख्ने आतंकवाद र वित्तीय खुफियाका लागि ट्रेजरीका उपसचिव ब्रायन नेल्सनले बताए।


सम्बन्धित सामग्री