Saturday, May 04, 2024

-->

यस्तो रहनेछ मंगलबारको मौसम

कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीका तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

यस्तो रहनेछ मंगलबारको मौसम

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

दिउँसो, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना पनि  छ।

यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीका तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

राति, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

लुम्बिनीस्थित तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि छ।

 


सम्बन्धित सामग्री