Saturday, May 04, 2024

-->

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा रहेको छापावाला सुन मंगलबार एक लाख ३५ हजार ५०० रुपैयाँमा झरेको छ।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा मंगलबार गिरावट भएको छ। 

छापावाल सुन तोलामा नै दुई हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार एक लाख ३५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख ३४ हजार ८५० रुपैयाँ निर्धारण भएको छ। सोमबार तोलाको एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

महासंघका अनुसार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले गिरावट भएको छ।

सोमबार प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबारका लागि भने एक हजार ६६० रुपैयाँ निर्धारण भएको छ।


सम्बन्धित सामग्री