Friday, May 03, 2024

-->

सर्लाहीमा ट्रयाक्टर दुर्घटना: १ जनाको मृत्यु, ४ घाइते

सोमबार राति हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो।

सर्लाहीमा ट्रयाक्टर दुर्घटना १ जनाको मृत्यु ४ घाइते

बरहथवा– सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका चार जना घाइते भएका छन्।

सोमबार राति हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो।

दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यसैबीच, चितवनमा  मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।दुई जना घाइते भएका छन्।

सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री भरतपुर–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। 


सम्बन्धित सामग्री