Thursday, May 09, 2024

-->

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। लुम्बिनी र कोशीका तराई भूभागमा हावाहुरीको सम्भावना पनि छ।

यस्तो रहनेछ आइतबारको मौसम

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासमेत हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। लुम्बिनी र कोशीका तराई भूभागमा हावाहुरीको सम्भावना पनि छ।

यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिक बदली रहनेछ। कोशी, मधेश र लुम्बिनीका तराई भूभागमा राति पनि हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री