Friday, May 03, 2024

-->

६ नेपाली महिला क्रिकेटरले मलेसियन सुपरकप खेल्ने

क्यानका अनुसार इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अश्मिना बज्राचार्यले मलेसियन सुपर वुमनकपले खेल्ने भएका हुन्।

६ नेपाली महिला क्रिकेटरले मलेसियन सुपरकप खेल्ने

काठमाडौँ– नेपाली राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियन सुपर वुमनकप–२०२४ खेल्ने भएका छन्। 

आगामी साता मलेसियामा हुने प्रतियोगितामा ६ जना नेपाली खेलाडी पनि सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानका अनुसार इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अश्मिना बज्राचार्यले उक्त सुपर कपले खेल्ने भएका हुन्।

मलेशियन क्रिकेट एसोसिएसनले आयोजना गर्ने सुपरकप वैशाख १२ देखि २३ सम्म सञ्चालन हुनेछ।


सम्बन्धित सामग्री