Thursday, May 02, 2024

-->

यस्तो रहनेछ शुक्रबारको मौसम

महाशाखाका अनुसार, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

यस्तो रहनेछ शुक्रबारको मौसम

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी राति, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। 

कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 


सम्बन्धित सामग्री