Thursday, May 02, 2024

-->

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना: ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करतर्फ गइरहेको बस शुक्रबार बिहान तौथलीमा दुर्घटना भएको हो। बस कच्ची सडकबाट करिब १०० मिटर तल खसेको छ।

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना ३ जनाको मृत्यु ५० भन्दा बढी घाइते
तस्वीर सौजन्य: लालकुमार मोक्तान।

काठमाडौँ– सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

शुक्रबार बिहान भएको दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएको गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए।

“तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइतेको उद्धार कार्य भइरहेको छ,” घटनास्थलमा रहेका उनले उकालोसँग भने, “मृतकको पहिचान भएको छैन।”

उनका अनुसार उक्त बस दोलखाबाट जन्ती लिएर त्रिपुरासुन्दरी–४ पिस्करतर्फ जाँदै थियो। बस कच्ची सडकबाट करिब १०० मिटर तल खसेको छ।


सम्बन्धित सामग्री