Thursday, May 02, 2024

-->

नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरे। ४० बल खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए।

नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौँ– ओमानमा जारी एसीसी प्रिमियर कप टी२० क्रिकेटको सेमिफाइनमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १२० रनको लक्ष्य दिएको छ। 

अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो। 

नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरे। ४० बल खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए।

गुलशन झाले २० तथा करण केसीले १७ रन बताए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

यूएईका जुनेद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २–२ तथा ओमिद रहमान, आयन खान र मुहमद फारुकले १–१ विकेट लिए। 


सम्बन्धित सामग्री