Tuesday, April 30, 2024

-->

बुधबार यी ४ प्रदेशमा छ वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ।

बुधबार यी ४ प्रदेशमा छ वर्षाको सम्भावना

काठमाडाैँ– अहिले देशभरको माैसम सामान्यतया सफा रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभर पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस्तै कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

 लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ।

राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ। 


सम्बन्धित सामग्री