Tuesday, April 30, 2024

-->

देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा हावाहुरीसमेत चल्नेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ।

जसका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा हावाहुरीसमेत चल्नेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। 

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित राति पनि वर्षा हुनेछ। कोशी, गण्डकी र  कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाको अनुमान छ। 


सम्बन्धित सामग्री