Tuesday, April 30, 2024

-->

तोलाको १ लाख ३९ हजार २०० पुग्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ।

तोलाको १ लाख ३९ हजार २०० पुग्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले पुनः उच्च मूल्यको रेकर्ड बनाएको छ। 

सोमबार प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३९ हजार २०० रुपैयाँ पुगेको हो। 

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँ तोकिएको छ। 

यसअघि गत शुक्रबार सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएर मूल्य रेकर्ड बनाएको थियो।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ७५० कायम भएको छ।


सम्बन्धित सामग्री