Tuesday, April 30, 2024

-->

डोल्पाको खेल मैदानमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दर्ता

ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि प्राप्त भएको रकम अनियमितता गरेको पाइएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

डोल्पाको खेल मैदानमा भ्रष्टाचार ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सब–इन्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध नौ लाख ९३ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।


सम्बन्धित सामग्री