Tuesday, April 30, 2024

-->

अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु

सोमबार बिहान कच्ची घरको खरले छाएको छानामा अचानक आगो सल्केपछि दुवै नाबालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु

अछाम– अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका–६ को षोडशामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए। 

उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केपछि ती नाबालकको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री