Tuesday, April 30, 2024

-->

अफ्रिकाका लागि शान्ति सेनाको डफ्फा अदलाबदली

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटिएको नेपाली सेनाको डफ्फा अदलाबदली भएको छ।

अफ्रिकाका लागि शान्ति सेनाको डफ्फा अदलाबदली

काठमाडौँ– संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटिएको नेपाली सेनाको डफ्फा अदलाबदली भएको छ।

श्री भवानीबक्स गण पाँचौं डफ्फालाई बदली गर्न द फेमस महेन्द्रदल गण छैटौँ डफ्फामा सम्मिलित १९४ जनाको अन्तिम टोली गएको हो। टोली सेनानी हिराबहादुर घिमिरेको नेतृत्वमा यूएन चार्टर्ड उडानमार्फत सोमबार काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको हो। 

उक्त मिसनबाट आफ्नो कार्यावधि सकेर टोली प्रमुख सेनानी रितबहादुर भण्डारी नेतृत्वको १९४ जनाको टोली आइतबार फर्किएको थियो। हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार २४१ जना कार्यरत रहेको जंगी जड्डाले जनाएको छ।


सम्बन्धित सामग्री