Monday, April 29, 2024

-->

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा स्थानीय वायु तथा मध्यप्रदेश र उडिसा आसपास रहेको चक्रीय वायुको पनि प्रभाव रहेको छ।

जसका कारण देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुनेछ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ।


सम्बन्धित सामग्री