Monday, April 29, 2024

-->

त्रिविको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

त्रिविले वार्षिक परीक्षा प्रणालीका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ।

त्रिविको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गर्न लागिएको हो।

विश्वविद्यालयका यही चैत १५ गतेको प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले अंग्रेजीका साथै नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने निर्णय गरेको हो।

विश्वविद्यालयले हालसम्म अंग्रजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेको थियो। सरोकारवालाबाट नेपालीमा पनि प्रश्नपत्र तयार गर्नुपर्ने आग्रह हुँदै आएको थियो। 

अंग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सही उत्तर लेख्न नसकेका कारण नतिजामा असर पर्नेगरेको उनीहरूको भनाइ थियो। भाषै नबुझेका कारण विद्यार्थी अनुत्तीर्ण हुने अवस्था आउन नहुने सदनमा समेत आवाज उठेको थियो।


सम्बन्धित सामग्री