Saturday, April 27, 2024

-->

शिक्षा मन्त्रालयले २० कर्मचारीलाई सोध्यो स्पष्टीकरण

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको र स्पष्टीकरण चित्तबुझ्दो नआएमा कानूनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।

शिक्षा मन्त्रालयले २० कर्मचारीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ। मन्त्रालयमातहतका महाशाखा तथा शाखामा बुधबार भएको छड्केमा २० जना कर्मचारी हाजिर गरी बाहिरिएको पाइएपछि उनीहरूसँग स्पष्टीकरण मागिएको हो।

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिसकिएको र स्पष्टीकरण चित्तबुझ्दो नआएमा कानूनबमोजिम कारबाही हुने मन्त्रालय स्रोतले बतायो। 

यस्ता किसिमका अनुगमन तथा छड्के मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयमा समेत निरन्तर रूपमा हुने र कार्यालय समयमा बिनाजानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीउपर कानूनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ। 


सम्बन्धित सामग्री