Sunday, April 28, 2024

-->

रास्वपाले इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने

रास्वपाले इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

रास्वपाले इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने

काठमाडौँ– इलाम–२ मा आगामी वैशाख १५ गतेका लागि तय उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपाले बिहीबार लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार विधानबमोजिम लिम्बूलाई उम्मेदवार चयन गरिएको हो। पूर्वप्रकाशित तालिकाअनुसार बिहीबार अन्य दाबेदारसँग छलफल भएको र उनीहरूले आफ्नो नाम फिर्ता लिएपछि लिम्बू सर्वसम्मत रूपमा उम्मेदवार चयन भएको उनले बताए। इलाम–२ मा उम्मेदवार बन्न रास्वपाबाट ६ जनाले दाबेदारी दिएका थिए।

बिहीबार नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै, सत्तारुढ दल नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले उम्मेदवारको टंगो लगाउन बाँकी छ।


सम्बन्धित सामग्री