Saturday, February 08, 2025

-->

कांग्रेसको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक स्थगित भएको हो।

कांग्रेसको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक स्थगित भएको हो।

यसअघि १५ मिनेटका लागि स्थगित भएर बैठक पुनः शुरू भएको थियो। लगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए। सभामुख घिमिरेले अनुमति दिनेबित्तिकै कांग्रेसका सांसदले बेल घेराऊ गरेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरले बैठक स्थगित भएका हुन्।

यसअघि कांग्रेसले संसद्मा उठेका विषयमा सरकारबाट जवाफ नआएको भन्दै विरोध जनाएपछि पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। बैठकमा सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक–पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। 

अब प्रतिनिधिसभाको अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्नेछ।


सम्बन्धित सामग्री