रमजानको पहिलो दिन जामे मस्जिदमा इस्लाम धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो, साथै रमजान पर्वलाई लिएर उनीहरू उत्साहित देखिएका थिए।
काठमाडौँ– इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व शुरू भएको छ। सोमबार बेलुकी चन्द्रमाको दर्शन गरेसँगै शुरू भएको रमजान पर्व अबको एक महिना चल्ने छ। नाबालक तथा अशक्तबाहेक अन्य सबै इस्लाम धर्मावलम्बीहरूले रोजा बस्ने गर्छन्। रमजान पर्वको पहिलो दिन मंगलबार जामे मस्जिदमा नमाज पढ्नेहरूको भिड देखिएको छ।

मस्जिदभित्र टाउकोमा पातलो गोलाकार टोपी र अधिकांशले कमिज पैजामा लगाएका पुरुषहरू ध्यानमग्न देखिन्छन्। जोहर अर्थात् १–३० मा शुरू हुने नमाज पढ्न आउने मानिसहरूको संख्या बाक्लिएको थियो। मस्जिदमा दैनिक आउनेहरूले हिजोको तुलनामा मंगलबार झन्डै ३ गुणा बढी संख्या रहेको अनुमान गरेका छन्। नमाज पढ्न आउनेहरूमा नाबालकदेखि वृद्धसम्म देखिन्थे।

इस्लाम धर्मावलम्बीहरूले मंगलबार बिहानबाटै सूर्य उदाउनुअघि नै सेहरी खाएर रोजा बसेका हुन्। त्यस्तै बेलुका सूर्य उदाएसँगै सामूहिक रूपमा अफ्तारी खाएर व्रत तोड्ने प्रचलन छ। सामान्यतया दैनिक ५ पटक नमाज पढिन्छ। रमजान शुरू भएपछि अब एक महिनासम्म दैनिक नमाजसँगै तराबी अर्थात् विशेष नमाजसमेत पढिन्छ। जुन बेलुका ८ बजेको समयमा पढिन्छ।

इस्लामिक पात्रो हिजरीअनुसार मंगलबारबाट नवौँ महिना शुरू भएको हो। जसलाई रमजान वा रमदान पनि भनिन्छ। इस्लाम धर्मावलम्बीहरूले यो महिनामा धार्मिक ग्रन्थ कुरानको जन्म भएको भन्दै यो महिनालाई पवित्र र फलदायी महिनाको रूपमा लिने गर्दछन्। रोजा बस्नाले अन्य समयको भन्दा ७० गुणा बढी पुण्य कमाउन सकिने धार्मिक विश्वास छ।







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
