धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न रोक लगाइने महानगरको भनाइ छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ।
यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने महानगरको तयारी छ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडौँ टावरमा ३०० वटा चारपांग्रे र ७०० वटा दुईपांग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए।
महानगर प्रहरी प्रमुख पाण्डेले पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको बताए। “पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ। यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ,” उनले भने।
धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न रोक लगाइने महानगरको भनाइ छ।
यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
