मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले जनमुखी काम गर्दा बाधा अड्चन गरेको, मन्त्रालय बारम्बार फुटाउने र आफूहरूमातहतका मन्त्रालयहरू पनि एकल ढंगले चलाउने गरेको आरोप लगाएको छ।
काठमाडौँ– डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।
मंगलबार मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका हुन्।
मंगलबार बसेको जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै आफूहरू बाहिरिएको र सरकारलाई दिएको समर्थन फिर्ता लिएको संस्कृतिमन्त्री यादवले बताए।
उनले सरकारले जनमुखी काम नगरेको र आफूहरू मन्त्री भइसकेपछि बिनाविभागीय मन्त्री बनाउने, जनमुखी काम गर्दा बाधा अड्चन गर्ने, मन्त्रालय बारम्बार फुटाउने र आफूहरूको मातहतका मन्त्रालयहरू एकल ढंगले चलाउने गरेको आरोप लगाए।
उनले सरकारको एकवर्षे कार्यकालमा पनि जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताए। आफूहरू जनताका काम गर्न आएकाले जनताका काम गर्न नदिएपछि सरकारमा बस्न नसक्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
