Sunday, May 12, 2024

-->

पालमुनि बस्दै आएकी बालिकाको कठ्यांग्रिएर मृत्यु

कुशे गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

पालमुनि बस्दै आएकी बालिकाको कठ्यांग्रिएर मृत्यु

जाजरकोट– जाजरकोटको कुशे गाउँपालिकामा कठ्यांग्रिएर एक बालिकाको मृत्यु भएको छ।

१ नम्बर वडास्थित स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए। 

कात्तिक १७ को भूकम्पले घर भत्किएपछि बालिकाको परिवार पालमुनि बस्दै आएको छ।


सम्बन्धित सामग्री