भूकम्पले घर भत्काएपछि अस्थायी आवासको व्यवस्थापन हुन नसक्दा बिरामी, वृद्धवृद्धा तथा बालबालिकाले ज्यान गुमाइरहेका छन्।
जाजरकोट– भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।
उनी सुत्केरी भएको करिब एक महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ।”
चदाराले छोरीलाई जन्म दिएकी थिइन्। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा १५४ जनाको मृत्यु र ३४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।
भूकम्पले घर भत्काएपछि अस्थायी आवासको व्यवस्थापन हुन नसक्दा बिरामी, वृद्धवृद्धा तथा बालबालिकाले ज्यान गुमाइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
