चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धक रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन्। यस्तै १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ।
इजरायल–हमासबीच चार दिने युद्धविराम शुक्रबारदेखि लागू भएसँगै गाजामा बन्धकहरूको बदलामा प्यालेस्टिनी कैदीहरूको रिहाइ गरिने भएको छ। रिहाइका लागि दुवै पक्ष तयारी अवस्थामा रहेका समाचार संस्था अलजजिराले लेखेको छ। बिहीबारदेखि हुने भनिएको युद्धविराम विशेष कारणबस् लम्बिएर शुक्रबारदेखि भएको हो।
गाजामा बन्धक बनाइएका १३ जनालाई केही बेरमा रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही संख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिन लागेको कतारी मध्यस्थताकर्ताहरूले बताएका छन्। प्यालेस्टिनी कैदीको यकिन संख्याबारे भने मध्यस्थताकर्ताहरूले खुलाएका छैनन्।
इजिप्ट र अमेरिकाको पहलमा कतारको मध्यस्थतामा युद्धविरामको सम्झाैता भएको हो। चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धक रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन्। यदि सहमति अनुसार चार दिनमा ५० बन्धकलाई रिहाइ गरिएमा त्यसपछि अझै अनुमानित १९० जना बन्धक प्यालेस्टिनी लडाकु समूहको हातमा रहने छन्।
सम्झौतामा उल्लेख भएअनुसार एक बन्धक बराबर तीन जना प्यालेस्टिनी कैदी अर्थात् कूल १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ। गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौँदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ।
गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण हालसम्म करिब १५ हजार प्यालेस्टिनीको मृत्यु भएको र अनगिन्ती विस्थापित भएको जनाएको छ। हताहतको एकीन संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव छ, तर धेरै प्यालेस्टिनी र इजरायली परिवारहरूको लागि, हिंसामा विराम हुन यस पहिले नै धेरै ढिलो भइसकेको थियो।
कतारका अधिकारीहरूमार्फत रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एउटै परिवारका महिला र बालबालिका रहेको बताएका छन्। इजरायली ट्रमा विशेषज्ञ र चिकित्सकहरूको टोलीले उनीहरूलाई पर्खिरहेका छन्।
इजिप्टको एक सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस–रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट–गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइनेछ। एएफपीले हमासले सीमापार आक्रमणका क्रममा अपहरणमा परेका करिब २४० मध्ये २१० जनाको सनाखत भएको पुष्टि गरेको छ।
इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको जनाएको छ। त्यसमा दश जना नेपाली विद्यार्थीले पनि ज्यान गुमाएका थिए। कञ्चनपुरका विपिन जाेशी हमासको कब्जामा रहेका तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ। तर उनी कहिले रिहा हुन्छन् भन्ने बारे भने दूतावासले केही खुलाएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
