उनले आफूहरूको उद्देश्य झडप गर्ने र सरकारको निषेधाज्ञा तोड्ने नभई गणतन्त्रमाथि उठेका प्रश्नको प्रतिवाद गर्न सडकमा आएको दाबी गरे।
काठमाडौँ– एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिएको दाबी गरेका छन्।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार काठमाडौँको तीनकुन क्षेत्रमा शक्ति प्रदर्शनसहित सभा आयोजना गरेको थियो। राजधानीमा युवा संघ र दुर्गा प्रसाईं समूहले प्रदर्शनका लागि एकै दिन रोजेपछि स्थानीय प्रशासनको सक्रियतामा छुट्टाछुट्टै ठाउँ तोकिएको छ।
बल्खुमा प्रसाईं समूहले आयोजना गरेको प्रदर्शनपछिको सभामा दुर्गा प्रसाईं र राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले उत्तेजक भाषण गरेपछि केहीबेर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपको स्थिति सिर्जना भएको थियो। अनियन्त्रित बनेका प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारी तितरबितर भएका थिए।
तीनकुनेमा आयोजित प्रदर्शनपछि सभामा बोल्दै नेता बस्नेतले बल्खुमा सुरक्षाकर्मीले युवा संघका कार्यकर्तालाई सुरक्षा दिन नसके आफूहरू जाने चेतावनी दिएका थिए। “बल्खुमा हाम्रो आइरहेको जुलुसलाई रोक्न खोज्यो भन्ने मैले सुनेँ। म प्रहरीलाई अनुरोध गदै छु। बल्खुबाट आइरहेको करिब ५०० जतिको जुलुस छ र रोक्न खोजेको हो भने प्रहरीले त्यो कुरालाई ध्यान देओस् होइन भने यो सिंगो पंक्ति त्यहाँ जानुपर्यो भने कमिला किचेजस्तो हुनेछ,” उनले भने।
उनले आफूहरूको उद्देश्य झडप गर्ने र सरकारको निषेधाज्ञा तोड्ने नभई गणतन्त्रमाथि उठेका प्रश्नको प्रतिवाद गर्न सडकमा आएको दाबी गरे।
नेता बस्नेतले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको टिप्पणी गर्दै प्रसाईं समूहलाई ठीक ठाउँमा बस्न भने। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ३२ सिटे पार्टी भन्दै उनले जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाएमा सिंहदरबारको कुर्सीबाट हटाएर माइतीघरमा ल्याउने चेतावनी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
