Monday, April 29, 2024

-->

हामी त लाग्याैँ घरतिर (तस्वीरहरू)

शनिबार फूलपातीको दिन घर जानको लागि काठमाडाैँको गोंगबुस्थित बसपार्कमा पुगेकाहरू निकै उत्साहित देखिन्छन्।

हामी त लाग्याैँ घरतिर तस्वीरहरू

काठमाडौँ– चाडपर्वमा घर जान पाउँदा कसको मन नरमाउला र। शनिबार फूलपातीको दिन घर जानको लागि काठमाडाैँको गोंगबुस्थित बसपार्कमा पुगेकाहरू निकै उत्साहित देखिन्छन्।

काठमाडाैँलाई कर्मथलो तथा अध्ययनथलो बनाएर बसेकाहरू दशैँ नजिकिएसँगै घर जान आतुर छन्। धेरैजसो घर गइसके। शनिबारदेखि सार्वजनिक बिदा शुरू भएसँगै बाँकी रहेकाहरू पनि घर जान बसपार्क पुगेका छन्। बसहरू यात्रुले खचाखच भरिएका छन्।

कोही आफ्नो बसको समय कुर्दै प्रतिक्षालयमा बसिरहेका छन् भने कोही गाडीमा सामान राख्नमा व्यस्त छन्। वैदेशिक रोजगारीबाट आएकाहरूले बोकी ल्याएका सुटकेस र सामानहरू बसको छतमा राखेर सुरक्षित गर्दै छन्। घरमा लैजान बसपार्क छेउछाउमा रहेका पसलबाट मिठाइ किनिरहेका छन्। यसरी दशैँ नजिकिएको आभाष दिलाइरहेको छ गोंगबु बसपार्क। ट्राफिक प्रहरीका अनुसार शुक्रबार साँझसम्म पाँच लाख भन्दा धेरैले काठमाडाैँ छोडिसकेका छन्।


सम्बन्धित सामग्री