गाजास्थित अस्पतालमा विस्फोट, १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने तालिका छ।

तस्वीर: रोयटर्स

गाजास्थित एक अस्पतालमा भएको विस्फोटमा १०० जनाभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ।

हजारौँ विस्थापित मानिसलाई आश्रय दिइरहेको अल–अहली ब्याप्टिस्ट अस्पतालमा शक्तिशाली बम विस्फोट हुँदा ठूलो जनधनको क्षति भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। “धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि छन्। उद्धारमा कठिनाइ भइरहेको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्यालेस्टिनी अधिकारीले यस घातक घटनाको लागि जारी इजरायली हवाई आक्रमणलाई दोष दिएका छन्। तर, इजरायलले भने प्यालेस्टिनी इस्लामिक जिहादले नै उक्त हमला गरेको दाबी गरेको छ। 

विस्फोटपछि कम्तीमा छ लाख प्यालेस्टिनीहरू उत्तरी गाजापट्टीबाट दक्षिणतर्फ भागेको बीबीसीले जनाएको छ। 

इजरायलले अक्टोबर ७ मा हमासले गरेको आक्रमणको बदलास्वरूप गाजामा खाना, इन्धन र बिजुली निर्यातमा गरेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने तालिका छ। उक्त भ्रमणको पूर्वसन्ध्यामा विस्फोट भएकाले अरब नेताहरूसँग जोर्डनमा हुने तय भएको शिखर वार्ता रद्द भएको छ।