Tuesday, May 14, 2024

-->

इजरायलबाट फर्किइन् सावित्रा

यूईएफएले विज्ञप्ती जारी गर्दै इजरायलमा निर्धारित सबै खेल दुई साताका लागि स्थगित गरेको छ।

इजरायलबाट फर्किइन् सावित्रा

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी स्वदेश फर्किएकी छन्।

इजरायलमा व्यावसायिक फुटबल खेल्दै आएकी उनी बुधबार राति नेपाल फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। 

युद्ध चर्किँदै गएपछि इजरायलमा सबै फुटबल गतिविधि स्थगित भएका छन्। यूईएफएले विज्ञप्ती जारी गर्दै शनिबारदेखि दुई साताका लागि इजरायलमा निर्धारित सबै खेल स्थगित गरेको थियो। 

इजरायलबाट मंगलबार राति उडेकी सावित्रा थाइल्यान्डको बैंकक हुँदै स्वदेश फिर्किएकी हुन्। उनी इजरायलको वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छिन्। 


सम्बन्धित सामग्री