बझाङमा पुनः भूकम्पको धक्का

बझाङमा असोज १६ को भूकम्पमा एक जनाको निधन र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो। 

सांकेतिक तस्वीर

काठमाडौँ– बझाङमा बुधबार राति पुनः भूकम्प गएको छ। मस्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर राति १२:२२ बजे ५.२ म्याग्निच्यूडको भूकम्प गएको हो।

चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्यूडको भूकम्प गएको भूकम्पविद् डा. शिव सुवेदीले जानकारी दिए। 

मध्यरातमा भूकम्प गएपछि भागदौडको स्थिति आएको थियो। आफूहरू राति नै खुला चौरमा जम्मा भएर बसेको खप्तडछान्ना गाउँपालिका–५ का राजेश कार्कीले बताए।

बझाङमा असोज १६ मा ६.३ म्याग्निच्यूडको भूकम्प भएको थियो। त्यसपछि दिनहुँ जसो पराकम्प गइरहेको भूकम्पविद् डा. सुवेदीले बताए। 

असोज १६ को भूकम्पमा एक जनाको निधन र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो।