इजरायल सरकारको आफ्नै प्रोटोकल भएका कारण शव व्यवस्थापनमा केही समय लाग्ने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।
काठमाडौँ– इजरायलमा मारिएका नेपालीको शव तत्काल ल्याउन नसकिने परराष्ट्र मन्त्रालयले जनाएको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेकी हुन्।
"शव तत्काल ल्याउन सकिँदैन्। इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन। अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन। हामीले पहल गरिरहेका छौँ। तर, तत्काल ल्याउन सकिँदैन," उनले भनिन्, "मृतकका आफन्तहरूको शव ल्याउन ढिलाइ हुँदा पीडा हुनु स्वभाविक हो। तर, इजरायल युद्धकै अवस्थामा रहेकाले तत्काल शव ल्याउन सकिँदैन। सबैले त्यहीअनुसार बुझिदिनुपर्याे।"
इजरायल सरकारले आफ्नो प्रकृया पूरा गरेर हस्तान्तरण गरेपछि मात्रै शव ल्याउन सकिने उनले बताइन्। उनले पहिलो चरणमा इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गरिने जानकारी दिइन्।
द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको विमान बुधबार राति ११ बजे इजरायल जाँदै छ।
असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टनी लडाकु समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो। आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
