चिकित्सकहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो।
काठमाडौँ– पोखराको मणिपाल अस्पतालका चिकित्सक कुटपिट गरेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। मंगलबार काठमाडौँको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका हुन्।
ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन्। सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानून बनाउन पनि माग गरे। राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताए।

प्रदर्शनमा पाटन अस्पताल, वीर अस्पताललगायत काठमाडौँ उपत्यकाका डाक्टर सहभागी छन्। सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए। त्यस्तै उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए।

लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त आन्दोलित भएका थिए। बिरामीका आफन्तले भने आईसीयूमा बिरामीको अप्रेसन भएको, तर त्यसको जानकारी चिकित्सकले नदिएको दाबी गरेका छन्। अप्रेसनको अनुमति पनि नलिइएको उनीहरूको दाबी छ।

यसअघि गत भदौ २७ गते हेटौँडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए। त्यतिबेला चिकित्सकले आकस्मिक बाहेकका सेवा सबै अवरुद्ध गरी आन्दोलन गरेका थिए। सरकारसँग ६ बुँदे सम्झौता भएपछि चिकित्सकहरू काममा फर्किएका थिए।

चिकित्सकहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ कार्यान्वयनको माग गरेका छन्।
उनीहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
