एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता आएको आरोप लगाएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेको कोशी प्रदेशको अबको निकास के भन्ने प्रश्नमा अध्यक्ष ओलीले एमालेले ५० भन्दा बढी सांसदको समर्थन ल्याएर सरकार चलाउने जवाफ दिएको हुन्। “एमालेको सरकार बन्छ। एमालेको सरकार चल्छ। एमालेको सरकार बन्छ एमालेको सरकार बन्छ मजाले चलाउँछ एमालेको ४७ होइन ५० भन्दा माथि जान्छ,” उनले भने।
कोशीका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विवादित बनेपछि यससम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन छ। विवादको निरूपण नहुँदासम्म सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीनका साथै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।
मुख्यमन्त्री थापाले गैरकानूनी रूपमा विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। ९३ सिट रहेको कोशी प्रदेशमा बहुमतका लागि आवश्यक ४७ मत पुर्याउन तत्कालीन अवस्थामा प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल इन्सारीले पनि मत दिएपछि विवाद उत्पन्न भएको हो।
त्यस्तै, अध्यक्ष ओलीले सत्तागठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता आएको आरोप लगाए। “गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले यो अस्थिरता आएको हो, पक्षले नबनेको सरकार बनाए भन्ने, सभामुखलाई राजीनामा गरेर संकट खडा गर्न लगाउने, कांग्रेसजस्तो पुरानो पार्टीले एक छिनका लागि बलजफती गरेर संविधान मिच्ने? संविधानको घोर उल्लंघन हो यो,” उनले भने। अध्यक्ष ओलीले हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो कुरा नभएको पनि टिप्पणी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
