काठमाडौँबाट पोखरा जाँदै गरेको बस बुधबार सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
काठमाडौँ– धादिङको गजुरी–२ छहराबाट त्रिशूली नदीमा यात्रु बस खस्दा आठ जनाको मृत्यु भएको छ।
अरू आठ जना घाइते भएको गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिइन्। मृत्यु हुनेमा २ महिला र ६ पुरुष छन्। घाइतेमध्ये पाँच जनालाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको उपाध्यक्ष बिसुरालले बताइन्।
काठमाडौँबाट पोखरा जाँदै गरेको बस बुधबार सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
“विपरीत दिशाबाट आइरहेको म्याजिक भ्यानलाई जोगाउने क्रममा बस नदीमा खसेको रहेछ,” उनले भनिन्, “बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको गजुरी स्वास्थ्य चौकी र गजुरी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर रहेका पाँच जनालाई काठमाडौँ पठाइएको छ।”
दुर्घटनामा घाइते चालकको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। “बसमा २४ जना सवार रहेको चालकले बताउनुभएको छ। बाँकीको उद्धार भइरहेको छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
