घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाचएको छ। बसमा ३५ जना यात्रु सवार थिए।
नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका डीएसपी बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस सडकमै पल्टिएको हो।
विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा मंगलबार उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यबिन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको डीएसपी पौडेलको भनाइ छ। बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
