घाइतेमध्ये सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, ६ वर्षीय आशीष केसी र सल्यानको बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ।
मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।
दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो।
बिहान ५ बजेतिर भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
डीएसपी जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, ६ वर्षीय आशीष केसी र सल्यान बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ।
दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
