Sunday, April 28, 2024

-->

नारायणीको जल सतह अझै सतर्कता तहभन्दा माथि

आइतबार राति ९:३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। सोमबार बिहान ५:५१ बजेसम्म नारायणीको पानीको सतह सतर्कता तहमाथि नै छ।

नारायणीको जल सतह अझै सतर्कता तहभन्दा माथि

भरतपुर- नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहभन्दा माथि छ। 

जल तथा मौसम विभागका अनुसार सोमबार बिहान ५:५१ बजेसम्म नारायणीको पानीको सतह सतर्कता तहमाथि नै छ। आइतबार राति ९:३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। 

विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा ७.७ मिटर र नारायणी पुल नारायणगढमा ११.१५ मिटर छ। देवघाटमा ७.३ मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ। नदीमा यसअघि गत असार २३ गते पानीको सतह ७.४२ मिटर पुगेको थियो। चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा  वर्षा भइरहेको जनाइएको छ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि भारी वर्षा हुने अनुमान गरेको छ।


सम्बन्धित सामग्री