Wednesday, May 08, 2024

-->

महिला टी–२० विश्वकप: एशिया छनोटका लागि २४ सदस्यीय टोली घोषणा

अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने प्रतियोगिताको लागि क्यानले मंगलबार टोलीको घोषणा गरेको हो। प्रतियोगितामा ११ टिम सहभागी हुने छन्।

महिला टी–२० विश्वकप एशिया छनोटका लागि २४ सदस्यीय टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने प्रतियोगिताको लागि क्यानले मंगलबार टोलीको घोषणा गरेको हो।

क्यानले कप्तान रुविना क्षेत्रीसहित सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, इश्वरी विस्ट र ज्योती पाण्डेलाई प्रारम्भिक टोलीमा बोलाएको छ।

यस्तै, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुवी पोद्दर, खुशी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, सृष्टि जैशी र स्नेहा महरालाई पनि बोलाइएको छ।

प्रतियोगितामा ११ टिम सहभागी हुने छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन्। 

समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्। समूह चरणमा सबै टोलीले एक अर्कासँग १/१ खेल खेलेपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। 

त्यसबाट विजेता दुई टोलीले फाइनल खेल्ने छन्। फाइनल पुग्ने दुई टोली ग्लोबल छनोट पुग्नेछन्।


सम्बन्धित सामग्री