Sunday, May 12, 2024

-->

महिला विश्वकप : आयोजक न्युजिल्यान्डको विजयी शुरूआत

बिहीबार सम्पन्न उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गोलअन्तरले पराजित गरेको छ।

महिला विश्वकप  आयोजक न्युजिल्यान्डको विजयी शुरूआत

काठमाडौँ– आयोजक न्युजिल्यान्डले फिफा महिला विश्वकपमा विजयी शुरूआत गरेको छ।

घरेलु मैदान अकल्यान्डस्थित इडेन पार्कमा बिहीबार सम्पन्न उद्घाटन खेलमा न्यूजिल्यान्डले नर्वेलाई १-० गोलअन्तरले पराजित गरेको हो। न्युजिल्यान्डको जितमा हन्ना विलिकिन्सनले निर्णायक गोल गरिन्।

उनले खेलको ४८औँ मिनेटमा गोल गरेकी थिइन्। यस्तै, ९०औँ मिनेटमा न्युजिल्यान्डले पेनाल्टी पाएको थियो। तर, रिया पर्सिवलको प्रहार बारमा लागेर फर्कियो।

जितसँगै समूह ‘ए’को न्युजिल्यान्डले तीन अंक जोडेको छ। यता, नर्वेले हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।

न्युजिल्यान्ड पछिल्लो ५ विश्वकपका एक खेल पनि जित्न सकेको थिएन। यो वर्ष उसले ९ खेल खेलेको थियो। तीमध्ये ७ खेलमा हार बेहोरेको थियो।

नर्वेले सन् १९९५ को विश्वकप विजेता हो। यसअघि न्युजिल्यान्डविरुद्ध नर्वेले ७ मध्ये ५ खेल जितेको थियो। एक खेलमा पराजय बेहोर्दा एक खेल बराबरीमा सक्काएको थियो।


सम्बन्धित सामग्री