Thursday, June 06, 2024

-->

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

जितपछि सिटीको ३६ खेलमा ८५ अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलको समान खेलमा ८३ अंक छ। लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ।

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा 

काठमाडौँ– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

शनिबार राति सिटीले घरेलु टोली फुलहामलाई ४-० ले पराजित गर्दै उपाधि दाबेदारी बलियो बनाएको हो। 

सिटीको जितमा जोस्को ग्वार्डीओलले २ तथा फिल फोडेन र जुलियन अल्भारेजले १-१ गोल गरे।

जितपछि सिटीको ३६ खेलमा ८५ अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलको समान खेलमा ८३ अंक छ। लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ। 


सम्बन्धित सामग्री