Sunday, May 05, 2024

-->

ओली र डोनाल्ड लुबीच भेट, समयमै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा जोड

सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा शुरू गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए।

ओली र डोनाल्ड लुबीच भेट समयमै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन्।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए।

उनका अनुसार भेटमा पार्टी अध्यक्ष ओलीले एमसीसी परियोजना समयमा नै सक्नुपर्नेमा जोड दिए। उनले विगतमा एमसीसीका बारेमा धेरै नै उतारचढाव भए पनि अहिले परियोजना कार्यान्वयनको चरण आएको बताएको नेता भट्टराईले जानकारी दिए।

भेटमा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा शुरू गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए। उनले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद व्यक्त गरे। सहायक विदेशमन्त्री लु एक दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेका हुन्।


सम्बन्धित सामग्री