Wednesday, May 22, 2024

-->

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्ट

सीता दाहालको पार्थिव शरीरमा प्रधानमन्त्रीसमेत रहेका उनका श्रीमान् पुष्पकमल दाहाल 'प्रचण्ड' र दुई छोरी रेणु र गंगा दाहालले दागबत्ती दिएका छन्।

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्ट
तस्वीर: रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 

प्रधानमन्त्री दाहाल र दुई छोरी रेणु र गंगा दाहालले सीताको पार्थिव शरीरमा दागबत्ती दिएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् बैठकले सम्मानस्वरूप नेपाली सेनाका दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो। दाहालको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो।

त्यसअघि दाहालको पार्थिव शरीर श्रद्धान्जलीका लागि नेकपा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो। त्यहाँबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइ अन्त्यष्टि गरिएको थियो। 

पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो। त्यस्तै, आर्यघाटमा मन्त्रीहरू, सरकारी अधिकारी, नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो।


सम्बन्धित सामग्री