Monday, May 06, 2024

-->

घरभित्रै मृत भेटिए अभिनेता सारुक ताम्राकार

ताम्राकारले ‘इन्टु मिन्टु लन्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए।

घरभित्रै मृत भेटिए अभिनेता सारुक ताम्राकार

काठमाडौँ– अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्।

ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी सीताराम रिजालले जानकारी दिए।

३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज लगेको छ। ताम्राकारले ‘इन्टु मिन्टु लन्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए।

उनी पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा व्यस्त थिए। घटनाबारे अनुसन्धान भइरहेको एसपी रिजालले बताए।


सम्बन्धित सामग्री