Tuesday, May 14, 2024

-->

प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

हालै एक कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ।

हालै एक कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए।

एमालेले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। बैठकमा यसका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने सचेतक महेश बर्तौलाले बताए।

बैठक बुधबार दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बोलाइएको उनले बताए।


सम्बन्धित सामग्री