Monday, May 06, 2024

-->

अर्घाखाँचीको पाणिनीमा पहिरोले पुरिएर ३ जनाको मृत्यु, १ घाइते

मंगलबार बिहान पाँच बजे आएको पहिरोले स्थानीय गंगा रास्कोटीको घर पुरिँदा सुतिरहेका तीन बालबालिकाको मृत्यु भएको छ।

अर्घाखाँचीको पाणिनीमा पहिरोले पुरिएर ३ जनाको मृत्यु १ घाइते
फाइल तस्वीर

काठमाडौँ– अर्घाखाँचीको पाणिनी–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।

मंगलबार बिहान पाँच बजे आएको पहिरोले स्थानीय गंगा रास्कोटीको घर पुरिँदा उनका एक नाति र दुई नातिनीको मृत्यु भएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए।

मृत्यु हुनेमा ११ वर्षीया अन्जना रास्कोटी, १० वर्षीय खुमबहादुर रास्कोटी र ९ वर्षीय धनबहादुर रास्कोटी रहेका छन्।

यस्तै, १४ वर्षीय सचिन्द्र रास्कोटी गम्भीर घाइते भएको र उनलाई उपचारका लागि पाल्पा पठाइएको अध्यक्ष न्यौपानेले बताए। 


सम्बन्धित सामग्री