Saturday, May 04, 2024

-->

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, २ घाइते

गोली चलाए लगत्तै बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ। तर, गोली चलाउनुको कारण भने खुलेको छैन।

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु २ घाइते

अमेरिकाको फिलाडेल्फिया शहरमा चार जनाको गोली हानी हत्या भएको छ।

शहरको दक्षिण–पश्चिमी किंगसेसिङ क्षेत्रमा भएको आक्रमणमा अन्य दुई जना बालबालिका घाइते भएको प्रहरीले जनाएको छ। सोमबार राति बुलेटप्रुफ ज्याकेट लगाएका संदिग्ध बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

बीबीसीका अनुसार लगत्तै ती ती बन्दुकधारी पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले राइफल र ह्यान्डगन बरामद गरेको छ। साथै, उनले गोली चलाउनुको कारण पनि खुलेको छैन।

मारिएका चार जना पुरुष २० देखि ५९ वर्षका र घाइते दुई बालबालिकाको अवस्था स्थिर रहेको बीबीसीले जनाएको छ।


 


सम्बन्धित सामग्री