Friday, May 10, 2024

-->

प्रधानमन्त्री निवास निल्न खोज्नेहरू पक्राउ पर्न थाले: प्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको प्रधानमन्त्री दाहालको दाबी छ।

प्रधानमन्त्री निवास निल्न खोज्नेहरू पक्राउ पर्न थाले प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको प्रधानमन्त्री दाहालको दाबी छ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले वर्षौँदेखि डुंगुरका रूपमा रहेको भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताएका हुन्।

“नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थ र देशका एउटा वर्ग कानूनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ,” प्रधानमन्त्री दाहालले भने, “संसद् र जनसमुदायलाई म यही रोष्टमबाट विश्वास दिलाउन चाहन्छु– यो शुद्धीकरण यतिमा रोकिने छैन।”

प्रधानमन्त्री दाहालले मुलुकमा सुशासनका लागि अभियान नै शुरू गरेको उल्लेख गर्दै त्यसमा सदन र जनताले सरकारलाई साथ दिनुपर्ने आवश्यकता पनि औँल्याए। 


सम्बन्धित सामग्री