काठमाडौँ उपत्यकाभित्रका दर्जनौँ सहकारी संस्थाका बचतकर्ता दिनदिनै माइतीघर मण्डलमा भेला भएर सञ्चालकहरूको खोजी गरी आफ्नो रकम फिर्ता दिलाइदिन सरकारसँग माग गरिरहेका छन्। उनीहरूको आवाज सरकारले सुनेको छैन।
काठमाडौँ– काठमाडौँ उपत्यकामा बचत तथा ऋणको कारोबार गर्ने विभिन्न सहकारी संस्थाका पीडितहरूको आन्दोलन १०औँ दिनसम्म पनि जारी छ। ३० भन्दा बढी सहकारी संस्थामा बचत गरेको रकम लामो समयदेखि फिर्ता नपाएका पीडितहरूले जेठ २० गते शनिबारदेखि माइतीघरमा विरोध प्रदर्शन गर्दै आएका छन्।
देउराली, ओरेन्टल, कान्तिपुर, उत्तम, सिभिल, सुमो, गेट वे, लसकुस, शिवशिखर, प्रज्ञान, स्वस्तिक, खुशी लगायतका नाम राखेर काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थामा रकम जम्मा गरेर फिर्ता नपाएका बचतकर्ताहरू लगातार प्रदर्शनमा उत्रिएका हुन्। पीडितका प्रतिनिधिले राति पनि विरोधस्वरूप धर्ना दिँदै आएका छन् ।
सहकारीको नियमनमा सरकारले ध्यान नदिँदा यो अवस्था आएको उनीहरू बताउँछन्। समस्याको समाधान नभएसम्म विरोध प्रदर्शन जारी रहने सहकारी पीडित संघर्ष समितिका उपसंयोजक हरिसचन्द्र श्रेष्ठ बताउँछन्।
दुखजिलो गरेर जम्मा गरेको बचतफिर्ता नपाएको भन्दै ४० बढी सहकारीका पीडितहरूले नाम टिपाएको संघर्ष समितिले जनाएको छ। सहकारी सञ्चालकलाई कारबाही र बचतकर्ताको रकम फिर्ता हुनुपर्ने माग मुख्य उनीहरूको मुख्य माग छ।
शब्द: केशु लामिछाने, तस्वीरहरू: किसन पाण्डे/उकालो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
