Monday, May 13, 2024

-->

चालु आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने, आर्थिक वृद्धिदर २.१६ प्रतिशत

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ।

चालु आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने आर्थिक वृद्धिदर २१६ प्रतिशत

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ।

सरकारले चालू वर्षको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। गत आर्थिक वर्ष २०७८/७९ मा ५.३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ।

यस्तै, नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ।

 


सम्बन्धित सामग्री